सयुक्त राष्ट्रसंघका उपमहासचिव फेल्टम्यान नेपाल आउँदै


कठमाण्डौ,चैत ६ ।
सयुक्त राष्ट्रसंघको राजनीतिक मामिला हेर्ने उपमहासचिव फेल्टम्यान आज नेपाल आउदै हुनुहुन्छ । आज दिउँसो नेपाल आउन लाग्नु भएका फेल्टम्यानले राष्ट्रपति रामबरण यादव, अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी लगायत प्रमुख दलका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

नेपाल सरकारको निमन्त्रणमा नेपाल आउन लाग्नु भएका फेल्टम्यानले नेपालको शान्ति प्रक्रियाको पूर्णताका विषयमा चासो राख्नु हुनेछ । अनमिनको विदाई भएपछि फेल्टम्यान सयुक्त राष्ट्रसंघका तर्फबाट नेपाल आउने उच्च पदस्थ अधिकार हुनुहुन्छ ।

Related

विविध 6938137165178269879

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item