लोकमान सिंह मान्दैनौः सचिव पोखरेल

http://sindhulidarpan.blogspot.com/2013/03/news_18.html
काठमाडौं, चैत ५ । एमालेका सचिव शंकर पोखरेलले पूर्व मुख्यसचिव लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख नियुक्त गरिए नमान्ने बताएका छन् ।
काठमाडौंमा आज मुक्ति समाज नेपालले गरेको कार्यक्रममा सचिव पोखरेलले चार दलीय समितिको सिफारिसका नाममा कार्कीको नाममा भ्रमपूर्ण प्रचार गरिएको दाबी गरे । शाहीकालीन प्रशासनको नेतृत्व गरेका र जनआन्दोलन दबाउन भूमिका खेलेका व्यक्तिलाई अख्तियारमा लैजान नहुँने उनको भनाई छ ।
उनले छानबिन समितिले समेत दोषी ठहर गरेका व्यक्तिलाई संवैधानिक अंगमा नियुक्ति गर्नु लोकतन्त्रकै उपहास हुने बताए ।
पोखरेलले निर्वाचन गराउनका लागि सरकारको इच्छाशक्तिमा समेत प्रश्न गरे । ‘जति छिटो निर्वाचन हुन्छ त्यति नै छिटो यो सरकार विस्थापित हुन्छ,’ उनले भने, ‘सरकारले छिटै निर्वाचन गराउँछ जस्तो छैन ।’
नेपाल बार एसोसियसन आन्दोलनमा होमिएको प्रसंग उठाउँदै सचिव पोखरेलले मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले सुरुमा न्याय क्षेत्रलाई विश्वासमा लिनु पर्ने बताए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !