दर्ता विनै मदिरा पसल सञ्चालनमा


सिन्धुली,चैत ५ ।
सिन्धुली जिल्लाका ग्रामिण भेगमा संचालित अधिकांश मदिरा पसल दर्ता विना नै संचालनमा आएको पाइएको छ । जिल्लाका विभिन्न स्थानमा रहेको होटलमा मात्र नभई किराना पसलमा समेत मदिरा विक्रि गरिएको खुलासा भएको हो । जिल्लाको सदरमुकाम सिन्धुलीमाढी मै पनि खुल्ला रुपमा मदिरा वेचविखन हुँदा समेत सम्बन्धित निकाय मौन बसेको स्थानीयले आरोप लगाएका छन । 
 
उद्ययोग वाणिज्य संघ तथा आन्तरीक राजश्व कार्यालयमा दर्ता गरि प्यान नम्बर लिएर मदिरा संचालन गर्ने कानुनी दायरा भए पनि अहिले सिन्धुलीका अधिकांश ग्रामिण भेगमा विना दर्ता मदिरा पसलहरु संचालनमा आएको होटल व्यवसायिहरुले बताएका छन् । सम्वन्धित निकायलाई जति नै यसवारे जानकारी गराएपनि कारवाहि गर्नतर्फ अग्रसर नभएको सेवाग्राहिको गुनासो छ । सरोकारवाला निकाय मौन वस्नाले यो क्रम नरोकिएको होटल व्यवसायिहरुको भनाइ छ ।

Related

स्थानिय 8890454633556761634

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item