महोत्तरीको सामुदायिक विद्यालय १० महिनादेखि बन्द


   महोत्तरी,चैत ५ ।
महोत्तरीको  फूलकहामा रहेको मावि फूलकहा १० महिनादेखि बन्द हुँदा त्यहाँ पढ्ने विद्यार्थीको पढाई प्रभावित भएको छ । गएको असारदेखि नै विद्यालय पूर्णरुपमा बन्द हुँदा पनि सम्वन्धित पक्षले विद्यालय सञ्चालन गर्नेतर्फ प्रभावकारी पहल गरेका छैनन् । व्यवस्थापन समितिको बहुमतले विद्यालयमा लेखापाल, पियन र पिसिएफ कोटामा दुई जना शिक्षक नियुक्त गरेको बिषयबाट शुरु भएको विवादले उग्र रुप लिन थालेपछि विद्यालय बन्द भएको प्रधानाध्यापक दिनेश दासले बताउनु भयो । 

असन्तुष्ट पक्षले  विद्यालय सञ्चालन हुँनै नदिएपछि धेरै अभिभाबकले आफ्ना बालबालिकालाई अन्य विद्यालयमा पढाउन थालेका छन् । विद्यालयबाट यसवर्षको एसएलसी परिक्षामा ७७ जना सामेल भएका छन् । उनीहरुले नजिकैका अरु विद्यालयबाट परिक्षा दिएको दासले बताउनु भयो । असन्तुष्ट पक्षले प्रक्रिया नपु¥याई विद्यालयमा नियुक्त भएका शिक्षक र कर्मचारीलाई बर्खास्त गर्न माग गर्दै पुनराबेदन अदालत जनकपुरमा रिट दिएको थियो । अदालतले तीन महिना अघि नै बहुमत सदस्यले गरेको नियुक्तिलाई सदर गर्ने फैसला गरे पनि असन्तुष्ट पक्षले विद्यालय सञ्चालन हुन नदिएको हो ।

Related

विविध 2639538664251745051

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item