जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु

http://sindhulidarpan.blogspot.com/2013/03/accident_3094.html
चितवन,चैत ६ ।
पर्यटकीय नगरी सौराहामा जीपको ठक्करबाट आज विहान एक पैदलयात्रीको मृत्यु भएको छ । वा २ च ४६७८ नम्वरको जीपले वछौली ३ मालपुरमा विहान १० वजेतिर स्थानिय अन्दाजी ६० वर्षिय दलवहादुर थापालाई ठक्कर दिएको थियो । ठक्करबाट घाईते भएका थापाको उपचारका क्रममा भरतपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक देवेन्द्रवहादुर पालले जानकारी दिनुभयो । ठक्कर दिने जीप र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !