सर्लाहीमा भएको बस दुर्घटनामा २७ जना घाईते, ६ जनाको अवस्था गम्भिर


सुरेश बिडारी,   सर्लाही,चैत ७ ।
पूर्व पश्चिम राजमार्ग अन्र्तगत सर्लाहीको रानीगञ्जमा बिहान भएको बस दुर्घटनामा २७ जना घाईते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था गम्भिर रहेको छ । दुर्घटनामा परी गम्भिर घाइते हुनेहरुमा सप्तरी राजविराजका ४७ बर्षिय मुकुन्द प्रसाद आचार्य, उदयपुर मैनामैनी –९ की ३० बर्षिय अन्जु गुरुङ, सिराहको धनगढीकी ३० बर्षिय सर्मिला कुमारी महतो, सोही स्थानकी ७० बर्षिय शुभलक्ष्मी हमाल, सिमरा–५ बाराकी ४५ बर्षिय सुर्दशन खनाल र रतनपुर–८ बाराका ७० बर्षिय जय बहादुर तामाङ रहेका छन् । घाइते सबैको लालबन्दी मोडल अस्पतलमा उपचार भैरहेको छ । विरगञ्जबाट विराटनगर जाँदै गरेको ना २ ख ४२५६ नम्बरको बस तिब्र गतिका कारण दुर्घटनामा परेको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरिक्षक जनकलाल चौधरीले जानकारी दिनुभयो ।

Related

विविध 8210370176029152766

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item