जनकपुर क्षेत्र दुर्गन्धित


  धनुषा,चैत ७ ।
सम्बन्धित निकायको लापरवाहीका कारण जनकपुरको स्थानियबासीन्दाहरु फोहोर तथा दुर्गन्धमा बस्न बाध्य भएका छन् । खासगरी स्टेशन बजारमा रहेको खाली जग्गाको उचित संरक्षण तथा सरसफाई हुन नसकेको कारण क्वार्टरमा बस्ने रेल्वेका कर्मचारीहरु यस्तो समस्याबाट बढी प्रभावित भएका छन् । उनीहरुले स्टेशन बजारका ठेकेदारहरुको लापरवाहीका कारण आफुहरुलाई सास्ति भोग्नु परेको आरोप लगाएका छन् । स्थानिय बजारको ठेकेदारहरुले बजारसहित सँँगै रहेको रिक्त जग्गाको समेत संरक्षण गर्ने जिम्मा पाएपनि उनीहरुले लापरवाही गरी त्यसतर्पm ध्यान नदिएको कर्मचारीहरुको भनाई छ ।

 वर्षायाममा त्यस खाली जग्गामा फोहोर पानी जम्मा हुने गर्छ र त्यसमा फालिएको फोहोरमैला कुहिएर एकदमै नराम्रो गन्ध आउने गरेको कर्मचारीहरु बताउँछन । त्यसमाथी पनि सुंगुरहरुले समेत त्यसमा पौडी खेल्ने गरेकाले वरपरका घरमा अत्याधिक गन्हाउने खालको गन्ध आईरहेको स्थानियबासीहरुको गुनासो छ । गर्मीको समयमा फोहोरमैलासँगै विभिन्न तरिकाबाट इन्फेक्सन भएर सर्वसाधारणहरुमा रोग फैलिन सक्ने सम्भावना बढेको छ । यता बजारको ठेकेदारहरुले भने बजार जग्गाको समस्या समेत समाधान गर्न सकेका छैनन् ।

Related

विविध 769885509668231396

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item