जुनारमा पासो राख्ने काम सम्पन्न

http://sindhulidarpan.blogspot.com/2013/03/sindhuli-junar_19.html
सिन्धुली,चैत ६ ।
जुनारमा औंशा पार्ने झिगााँको अनुगमन एवं ब्यवस्थापनको लागि सिन्धुलीको जुनार क्षेत्रमा पासो राख्नेकाम सम्पन्न भएको छ । उक्त झिगााँले जुनारमा औँसा पार्नुका साथै फल समेत कुहाउँछ । क्षेत्रिय बाली संरक्षण प्रयोगशाला हरिहरभवन ललितपुरको संयोजकत्वमा बाली संरक्षण अधिकृत कृष्णभद्र अधिकारी, वरिष्ठ वागवानी अधिकृत वोम बहादुर थापा, बरिष्ठ बालिरोग विज्ञ सुरज वैद्य र जिल्ला कृषि विकास कार्यलय सिन्धुलीका वाली संरक्षण अधिकृत देवराज अधिकारी सहितको टोलीले जिल्लाको रतन्चुरा, वासेस्वर, जलकन्या र तीनकन्या गाविसको जुनार बगैचामा गत फागुण २९ र ३० गते पासो राखिएको कृषि विकास कार्यलय सिन्धुलीले जनाएको छ ।
प्रत्येक गाविसको ४ वटा वगैँचामा ४ वटा कंपोजीट ल्यूरको पासो र एउटा मिथायल युजेनलको पासो राखिएको हो । पासोहरुमा जुनारको फल कुहाउने, औशा पार्ने झिगाँको वयश्क भाले आकर्षित भई पासोमा परि मर्ने र पूmल पार्न अवरोध भई जुनारको संक्रमणमा कमि अउने कृषि विज्ञहरुको भनाई रहेको छ । त्यस्तै पासोमा परेका किराहरुको पहिचाहन गरी तीनको व्यवस्थापन गर्न कार्यलयले किसानहरुलाई आग्रह गरेको छ । सिन्धुलीको जुनार फल चीन सरकारले लिने संझौता भए अनुसार प्राविधिक हिसावले रोग किरा मुक्त गराउन सर्वेक्षण हुदै आइरहेको छ । चीनमा सिन्धुलीको जुनार निर्यात गर्न ५ प्रजातिका फल कुहाउने औशा पार्ने झिगाँहरु, कोत्रे रोग र ग्रिनिङ्ग रोग मुक्त जुनार फल हुनुपर्ने चीन सरकारको शर्त रहेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !