नामावली वनाउन सिन्धुलीवासी उत्साहित


सिन्धुली,चैत ६ ।
अन्तरिम चुनावी सरकार गठनसँगै फोटो सहितको मतदाता नामावली बनाउन सिन्धुलीका सर्वसाधारण उत्साहकासाथ सहभागी हुन थालेका छन् । नागरिकता लिएर मतदानको अधिकार सुरक्षित गराउन उनीहरु लागिपरेका हुन् । नामावली संकलनको लागि आज देखि जिल्ला निर्वाचन कार्यालयल सिन्धुलीले जिल्लाका आठ गाविसमा फोटोसहितको नामावली संकलनकार्य सुरु गरेको कार्यालयका शाखा अधिकृत बद्री श्रेष्ठले बताउनुभभयो । आज देखि कार्यालयबाट खटिएको टोलिले सोल्पाठाना,रत्नावती, ककुरठाकुर, लदाभिर, हरीहरपुरगढी, शान्तेश्वरी, दुम्जा र तीनकन्यामा काम सुरु गरेको श्रेष्ठको भनाइ छ ।

हिजो आज जिल्ला निर्वाचन कार्यालयमा भने ९÷१० जनामात्र नामावलीका लागि आउने गरेको कार्यलयले जनाएको छ । कार्यालयले जिल्ला प्रशासन कार्यालयमा स्थापना गरेको डेक्समा भने ३५÷४० जना आउने गरेको बताईएको छ । वैशाख मसान्तभित्र ७५ वटै जिल्लामा मतदाता नामावली संकलन गरिसक्ने निर्वाचन आयोगले बताएको छ ।  देशभरिमा ५८ नगरपालिका र ३ हजार ९ सय १३ गाविस छन् । सबैगरी ४ हजार ७ सयजना सामाजिक परिचालकलाई निर्वाचन शिक्षा कार्यकर्ताका रुपमा खटाइएको छ ।

Related

प्रमूखखबरहरु 393572914132189794

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item