उप–सचिव श्रेष्ठको टेम्पोमा ठोकिएर ज्यान गयो

http://sindhulidarpan.blogspot.com/2013/03/death_19.html
काठमाडौं,चैत ६ ।
टेम्पोको डण्डीमा ठोक्किएर अर्थ मन्त्रालयका उप–सचिव ज्ञानराज श्रेष्ठको मृत्यु भएको छ । ज्ञानेश्वरस्थित रातोपुल नजिकै श्रेष्ठ आज विहान टेम्पोको डण्डीमा ठोक्किएर घाईते भएका थिए । ५५ बर्षीय उप–सचिव श्रेष्ठको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा दश बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रेष्ठ रत्नपार्कबाट सिनामंगलतर्फ गइरहेको बा.१ ह ३६५१ नम्वरको सफा टेम्पोमा सवार थिए । अचानक टेम्पोको झ्यालको डण्डीमा उनको टाउको ठोक्किए पछि अचेत भएका थिए । उपसचिव श्रेष्ठ बानेश्वर बस्दै आएका थिए । काभ्रे घर भई जोरपाटी बस्दै आएका टेम्पो चालक ३० बर्षीय अशोक तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !