प्रहरी कन्ट्रोलमा ब्लफकल आतंक

http://sindhulidarpan.blogspot.com/2013/03/phone-call.html
अशोक पहाडी, रौतहट,चैत ७ ।
जिल्ला प्रहरी कार्यालय रौतहटको कन्ट्रोल कक्षमा अनावश्यक कलहरु आउन थालेपछि सुरक्षाकर्मीले टेलिफोन उठाउन छाडेका छन् । टेलिफोन उठन छाडेपछि सर्वसाधारणहरु अहिले समस्यामा परेका छन् । कन्ट्रोल कक्षको एक सय नम्बरको टेलिफोनमा विभिन्न व्यक्तिहरुले अनावश्यक फोन गर्न थालेपछि सितिमिति त्यहाँको फोन उठ्न छाडेको छ । जिल्ला प्रहरीको सय नम्बरमा फोन गर्दा कुनै शुल्क नलाग्ने भएका कारण काम बिनाको ब्लफ कलले हैरान पारिसकेको सुरक्षाकर्मीहरु बताउँछन् ।
दिनमा २० भन्दा बढी ब्लफ कलहरु आउँछ, कन्ट्रोल कक्षका सुरक्षाकर्मीका अनुसार ब्लफ कल गर्नेमा अधिकांश युवती पर्ने गरेको बुझिएको छ । प्रहरीले अहिले अधिकांश समय टेलिफोनको रिसिभर उठाएरै राखेको हुन्छ, त्यसकारण कसैले फोन गर्दा नलाग्ने समस्या छ । कन्ट्रोल कक्षमा रहेका प्रहरीले समेत फोन गर्दा मोबाइलबाटै गर्ने गरेका छन् । कन्ट्रोल कक्षको पोष्टपोड मोबाइलबाटै सबैलाई फोन गर्ने गरिएको छ । यता, प्रहरीले कन्ट्रोल कक्षको टेलिफोन सेटको रिसिभर बिजी बनाएर राखेको कारण सर्वसाधारणहरुलाई भने समस्या परेको छ । कन्ट्रोल कक्षको सय नम्बर नउठ्ने र त्यस बाहेक बाहेक ५२००९९ मा कहिल्यै सम्पर्क नहुने गौर नगरपालिका १० सबगढाका मोतिउर रहमानले गुनासो गर्नु भयो । यस सम्बन्धमा प्रहरी उपरीक्षक गोबिन्दराम परियारले कन्ट्रोल कक्षको टेलिफोन समस्या बारे आफुलाई कुनै जानकारी नभएको बताउनु भयो । यस्तो समस्या छ भने समाधान गर्ने बताउँदै आउने ब्लफ कललाई नियन्त्रणका लागि प्रयास गर्ने बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !