भारतबाट भन्सार छली ल्याएको १२ सय लिटर डिजल बरामद


सुनिल ठाकुर,सर्लाही,चैत ७ ।
भारतबाट भन्सार छली नेपाल ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले सर्लाहीको पर्साबाट गएराती १२ सय लिटर डिजल बरामद गरेको छ । सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय मलंगवाबाट खटेको सशस्त्र प्रहरी निरीक्षक गणेश कुमार सिंह नेतृत्वको गस्ती टोलीले डिजल बरामद गरेको हो । सुराकीको अधारमा जिल्लाबाट खटेको  गस्तीटोलीले घरमा लुकाई राखेको अवस्थामा डिजल बरामद गरिएको प्रहरी नायव निरीक्षक प्रमोद कुमार सिंहले जानकारी दिनुभयो । 

२२० लिटरको ४ ओटा ड्राम तथा ३० लिटरको १० ओटा ग्यालेनमा तेल राखि घरमा लुकाई महोत्तरी लाने तयारीमा राखेको अवस्थामा प्रहरीले तेल बरामद गरेको हो । भारतमा ८५ रुपैया प्रति लिटर रहेको डिजल नेपालमा ९९ रुपैया प्रति लिटर रहेकोले तस्करहरु भारतबाट नेपाल ल्याई नेपालमा बिक्री बितरण गर्ने गरेको छ । प्रहरीले आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरि तेललाई भन्सार बुझाउने तयारी गरेको छ । बरामद गरिएको तेलको मूल्य १ लाख १८ हजार रहेको प्रहरीले जनाएको छ ।

Related

विविध 812381076067901577

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item