राष्ट्रिय औद्योगिक प्रदर्शनी आजदेखि काठमाण्डुमा सुरु

http://sindhulidarpan.blogspot.com/2013/03/festival_20.html
काठमाण्डौ,चैत ७ ।
घरेलु तथा साना उद्यमीहरूलाई राष्ट्रियस्तरमा परिचित गराइ उनीहरूद्वारा उत्पादित वस्तुहरूको बजार विस्तार गर्ने उद्देश्यले आजदेखि २४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु भएको छ । ‘नेपाली कला, सीप र स्वाभिमान, रोजगारी र संबृद्धि हाम्रो अभियान’ भन्ने मूल नारामा केहीबेर अघि सुर भएको प्रदर्शनी चैत ११ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ । घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा हुन लागेको प्रदर्शनीमा ७५ वटै जिल्लाका उद्यमीहरूको सहभागिता रहने समितिका कार्यकारी निर्देशक नविककुमार झाले बताउनुभयो ।
प्रदर्शनीमा ढाका कपडा, बाँसजन्य उत्पादन, अल्लो एवम् अन्य प्राकृतिक रेशाबाट बनेका समाग्रीहरू, छाला जुत्ता, खाद्यवस्तु एवम् प्राङ्गारिक चिया र कफी, दूधबाट निर्मित वस्तुहरूलगायत विविध १३ समूहका वस्तुहरू राखिनेछन् । प्रदर्शनीमा ७५ जिल्लाबाट दुई वटाका दरले १५० र काठमाडौं उपत्यकाबाट १५० गरी कुल ३०० वटा बिक्री कक्ष (स्टल) राखिने निर्देशक झाले उल्लेख गर्नुभयो । उहाँले प्रदर्शनीमा एक लाख उपभोक्ताले अवलोकन गर्ने र करिब रु तीन करोडको काराबोर हुने अपेक्षा गरिएको बताउनुभयो । प्रदर्शनीमा सहभागी उद्यमीहरूबाट उत्पादन भएका उत्पादनहरूलाई विभिन्न १३ समूहमा विभाजन गरी प्रत्येक समूहबाट उत्कृष्ट उद्यमी एक÷एक जना, प्रदर्शनीमा सहभागी महिला उद्यमीहरू मध्येबाट उत्कृष्ट महिला उद्यमी एकजना र सहभागी लघु उद्यमीसमूहमध्येवाट उत्कृष्टलाई प्रमाणपत्र सहित विदेशमा अवलोकन भ्रमण गराइने आयोजकले जनाएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !