जीप दुर्घटना,एकै परिवारका ४ जनाको मृत्यु

http://sindhulidarpan.blogspot.com/2013/03/accident_29.html
कैलाली,चैत १६ ।
डोटीको दिपायलबाट महेन्द्रनगरतर्फ आउँदै गरेको से१ज ३२९ नम्बरको जीप डडेल्धुराको सल्लाघारीमा दुर्घटना हुँदा ४ मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् । मृत्यु हुनेहरुमा दिपालय सिलगढी नगरपालिका वडा नं. ९ बस्ने ३८ वर्षिया खिनादेवी माझी, एक वर्षकी नेत्रेश्वरी माझी, ४५ वर्षिया कमलादेवी माझी र ४० वर्षिय दिलबहादुर माझी रहेको प्रहरीले जनाएको छ । घाईते राजविर साउँद, मन्दिरा साँउद, संगीता प्रजापति, कैलाश साउँद, सन्तोष माझी, बोम बहादुर माझी र सरस्वती माझीको कोहलपुर मेडिकल कलेज नेपालगंजमा उपचारका लागि पुर्याइएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !