सिन्धुलीमा निशुल्क आँखा शिविर सुरु


सिन्धुली,चैत्र १६ ।
नेपाल नेत्र ज्योति संघ एवं कर्मयोगी बद्रीविक्रम थापा स्मृति गुठीको संयुक्त आयोजनामा आज बाट सिन्धुलीमाढीमा निःशुल्क आँखा शिविर सुरु भएको छ । शिविरको वरिष्ठ मुटु रोग विशेषज्ञ डा.लोकविक्रम थापाले उद्घाटन गर्नु  भयो । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनु भएका डा. थापाले अहिले बोलेर नभई काम गरेर देखाउने बेला भएको बताउनु भयो ।
शिविरमा आँखाको निःशुल्क अप्रेशन, आँखा जाँच गरिने आयोजकले बताएका छन् । ३ दिन सम्म चल्ने शिविरमा आजै बाट आँखाको अप्रेशन समेत गरिने भएको छ । नेपाल नेत्र ज्योति संघका डा. इन्दु ढुंगेलको नेतृत्वको टोलीले आँखाको अप्रेशन गर्ने बताइएको छ ।
कर्मयोगी बद्रीविक्रम थापा स्मृति गुठीका कोषाध्यक्ष किरण थापाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वीय दर्शनका चिन्तक डा. चिन्तामणि योगी, प्रमुख जिल्ला अधिकारी केशवप्रसाद आचार्य, कमालामाई नगरपालिकाका कार्यकारी अधिकृत युवराज आचार्य, एमालेका जिल्ला अध्यक्ष कमलजंग राई, नेपाली कांग्रेसका दिपक मिश्र, नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य मीनबहादुर श्रेष्ठ, राप्रपा नेपालका अशोक श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

Related

स्थानिय 3525001926787505884

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item