उपचार गर्ने भन्दै ४ जना व्यक्तिहरु पैसा लिएर फरार


ओखल्ढुंगा,चैत १६ ।
नेपालमै नौलो र सफल उपचार जापानिज कपिङ्ग थेरापी पद्धतिबाट उपचार गर्ने भन्दै ओखलढुंगा आइपुगेका ४ जना पैसा लिएर भागेका छन् । उनीहरुले टाउको दुख्ने,बाथ रोग, प्यारालाइसिस, निन्द्रा नलाग्ने आदि जस्ता रोगको उपचार गर्ने बताउदै प्रति व्यक्ति २ हजार देखि ७ हजारसम्म लिएको पीडितहरुको भनाइ छ । 

चैत ९ गतेसम्म १७ गतेसम्म उपचार गर्ने भन्दै ओखल्ढुंगा –२ रमाइलो डाँडास्थित सोलुखुम्बु नेचाली स्टाफ होटल एण्ड लजको घरमा केही कोठा लिएर उपचार गर्दै आएका थिए । 

होटलका अनुसार अस्ति बुधबार कारागारमा रहेका बन्दिलाई उपचार गर्न जाने भनेर हिंडेका र त्यसपछि नफर्किका हुन् । हिजो उपचारका लागि भन्दै गएका पीडितहरु घटनाबारेमा जिल्ला प्रशासनमा उजुरी दिन पुगेका थिए । उनीहरु जापनिज वैकल्पिक उपचार केन्द्र प्रा.लि कुलेश्वर  –४ काठमाण्डौबाट आएको पाइएको छ ।

Related

विविध 8738990337786183357

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item