दश घरमा आगलागी

राजविराज, चैत १६ । 

सप्तरी जिल्लाका दुई गाविसमा भएका आगलागीमा परेर १० घर नष्ट भएका छन् । आगलागीबाट करिव १५ लाख बराबरको क्षति भएको छ । खाना पकाउने क्रममा शुक्रबार जगतपुर र वरही वीरपुर गाविसमा आगलागी भएको हो । स्थानीय र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिईएको थियो । 

जगतपुर गाविस वडा नम्वर ३ निवासी लक्ष्मी रामको घरबाट आगो सल्किएको थियो । आगलागीमा उनका दुई भाई छोरा विनोद र विपिन, तथा छिमेकी विनोद कर्ण र रघु रामलगायतका ८ घर जलेर नष्ट भएका हुन् । आगलागीमा परेर विपिन रामले विदेशवाट पठाएको नगद ६६ हजार जलेको छ । उता, वरही वीरपुरमा भएको आगलागीमा परेर दुई घर जल्दा करिव ५ लाख वरावरको क्षति भएको छ ।

Related

विविध 867198482652739117

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item