छोराले अन्तजातीय विवाह गरेपछि आमामाथि कुटपिट


सुर्खेत,चैत १६ ।

छोराले अन्तरजातीय विवाह गरेपछि केटी पक्षकाले सुर्खेत रामघाटमा केटाकी आमा र आफन्तलाई कुटपिट गरेका छन् । चैत १३ गतेका दिन भएका दुईवटा विवाहमध्ये एउटा बालविवाह र अर्को उमेर पुगेको थाहा हुँदा पनि अन्तरजातीय विवाहकै कारणले कुटपिट भएको हो । रामघाट गाविस वडा नम्वर ३ का २१ वर्षका शिवराज सुनार र वडा नम्वर ५ का १८ वर्षमाथिकै अनिता शाही तथा रामघाट–३ का १४ वर्ष टंकबहादुर सुनार र वडा नम्वर ४ का १४ वर्षकै रेखा अधिकारीले विवाह गरेका हुन् ।  विवाह गरेर भागेका दुईवटै जोडी परिवारको सम्पर्कविहीन भएका स्थानीय नागरिकले बताएका छन् । 

विवाह भएपछि नेपाल प्रहरीको अधिकृत तहमा कार्यरत रेखाको मामा भीमबहादुर रावतले शिवराजकी आमा ललिता सुनार र शिवराजकै बहिनी ज्वार्इँ हरि विकलाई कुटपिट गरेका हुन् । घाइतेहरुको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको छ । बालविवाह गरेकाहरुलाई छुटाउन सकिने भएपनि अन्तरजातीय विवाह गरेकै कारण उमेर पुगेकालाई धक्का पुग्न नहुने अधिकारवादीहरु बताउँछन् । दलित एकता केन्द्र रामघाट सुर्खेतका अध्यक्ष दिलिप परियारले बालविवाह गरेका टङ्कबहादुर र रेखा सम्पर्कमा आउनासाथ फिर्ता गरिने बताउनुभयो । तर, उमेर पुगेर विवाह गरेका शिवराज र अनितालाई जातीयताको कारण छुटाउन नमिल्ने उहाँको भनाइ छ । त्यस्तै, दलित अधिकारवादी रत्ना विकले विवाहकै कारण केटाको आमामाथि कुटपिट गर्नु गम्भिर गल्ति भएको बताउनुभयो ।

Related

विविध 8122999576941211699

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item