चैते धान रोप्न सिन्धुलीका किसानलाई भ्याइनभ्याई


ध्रुवचन्द्र खड्का,
सिन्धुली,चैत १६ ।

यतिखेर सिन्धुलीको नगरपालिका क्षेत्र र केहि गाविसका किसानहरुलाई चैते धान रोप्न भ्याइनभ्याइ छ । वेलामा चैते धान रोप्न भ्याइएन भने वर्षे धान रोप्न ढिला हुने भएकाले किसानहरुलाई चैते धान रोप्न निकै चट्टारो परेको छ । किसानहरुले ८० प्रतिशत क्षेत्रमा धान रोप्ने काम सकिएको वताएका छन् । अव एक हप्ता भित्रमा सवै क्षेत्रमा चैते धान रोपीसकिने कमलामाई नगरपालिका वडा नं. १६ का पुरुषोत्तम कार्कीले जानकारी दिनुभयो ।


सिन्धुलीको जम्मा १४ हजार २ सय हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । त्यस मध्ये ७ देखि १० प्रतिशत क्षेत्रमा चैते धान खेती गरिने जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । जिल्लाको नगरपालिका क्षेत्रका १० भन्दा वढि वडाहरु तथा १५ भन्दा वढि गाविसका किसानहरुले चैते धानको खेती गर्छन् । कमलाखोँज क्षेत्र र मरिण क्षेत्रका किसानहरुले व्यवसायिक रुपमा यसको खेती गर्ने गरेका छन् । हर्दिनाथ १, राधा ४, सि.एच.४५ लगायतका स्थानिय चैते धानका जातहरुप्रति किसानहरुको आकर्षण वढिरहेको कृषि विकास कार्यालयले जनाएको छ ।

सिन्धुलीमा सम्भावना भएर पनि चैते धानले सोचेजति व्यवसायिकता पाउन नसकेको कृषि विकास कार्यालयका वाली संरक्षण अधिकृत देवराज अधिकारीले जानकारी दिनुभयो । सिँचाइको पर्याप्त सुविधा भएको क्षेत्रमा चैते धान लगाइने भएकाले सिँचाईको पहँुच पुर्याउन सक्नेहो भने सिन्धुलीका  ४० प्रतिशत क्षेत्रमा चैते धानको व्यवसायिक खेती  हुने अधिकारीको भनाई छ । चैते धान खेतीवाट निकै फाइदा हुने भएकाले पानीको सुविधालाइ हेरेर यसको खेतीमा लाग्न किसानहरुलाई कार्यालयले आग्रह समेत गरेको छ ।

Related

स्थानिय 8021190249361503233

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item