माओवादी कार्यकर्ताको टाउकोमा लाठी बज्रियो

http://sindhulidarpan.blogspot.com/2013/03/fight_29.html
पाल्पा, चैत १६ ।
पाल्पाको ठिमूरेमा प्रहरीको लाठी प्रहारबाट आज नेकपा माओवादीका २ कार्यकर्ता घाइते भएका छन् । फोटो सहितको मतदाता नामावली संकलन कार्यमा अवरोध पुराउन पुगेका नेकपा माओवादीका कार्यकर्ता भगाउन प्रहरीले लाठी चार्ज गरेको हो । लाठी प्रहारबाट आशीष दुधराज र रिजन थापा घाईते भएको नेकपा माओवादी पाल्पाका सह–इन्चार्ज धिरज रानाले जानकारी दिनुभयो ।
कडा सुरक्षाकाबीच नामावली संकलन भईरहेका समयमा अबरोध पुराउन पुगेका नेकपा माओवादीका दुई दर्जन कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरेर तितर बितर बनाएको पाल्पाका प्रहरी नायव उपरीक्षक स्थानेश्वर रेग्मीले बताउनुभयो । नेकपा माओवादीका कार्यकर्ताले नामावली संकलन कार्यलाई रोक्न भन्दै कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।
प्रहरीले मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्यमा अबरोध पुराएका कारण बल प्रयोग गर्नु परेको जनाएको छ । रेग्मीका अनुसार नेकपा माओवादीका कार्यकर्ताले ल्यापटप नियन्त्रणमा लिन खोजे पछि बाध्य भएर लाठी चार्ज गरिएको उल्लेख गर्नुभयो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !