सिन्धुलीमा तीन दिने आँखा शिविर आज पनि जारी


रमा कार्की, 
सिन्धुली,चैत १७ ।
सिन्धुलीमाढीमा हिजोबाट सुरु भएको निःशुल्क आँखा शिविर आज पनि जारी छ  । हिजो सुरु भएको शिविरमा ३० जना मोतियाविन्दुका विरामीहरुको अप्रेशन गरिएको गरेका छन् । तीन दिने आखाँ शिविरमा अहिलेसम्म ४ सय २७ जनाको आँखा जाँच गरिएको र ती मध्ये ७५ जनामा मोतियाविन्दु देखा परेको उपचारमा संलग्न चिकित्सक इन्दु ढुंगेलले जनकारी दिनुभयो ।

 बाँकीको अप्रेशन गर्ने क्रम चलिरहेको र जाँच गर्ने क्रम पनि चलिरहेको छ । नेपाल नेत्र ज्योति संघ तथा कर्मयोगी बद्रीविक्रम थापा स्मृति गुठीको संयुक्त आयोजनामा हिजोबाट सिन्धुलीमाढीमा निःशुल्क आँखा शिविर सुरु भएको हो । आँखा जाँचका लागि  सिन्धुलीलगायतका छिमेकी जिल्लाहरुवाट समेत आँखाका रोगिहरु आएका छन् ।

Related

स्थानिय 6771437680072988256

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item