साक्षर सर्लाही अभियान सुरु

http://sindhulidarpan.blogspot.com/2013/03/education.html
मलंगवा,चैत १७ ।
सर्लाही शिक्षा कार्यालयले साक्षर सर्लाही अभियान सुरु गरेको छ । २०१५ सम्ममा सबैलाई साक्षर बनाउने उदेश्यले साक्षर सर्लाही अभियान सुरु गरेको शिक्षा कार्यालयका प्राविधिक सहायाक सुनिलकुमार कुशवाहाले जानकारी दिनुभयो । सर्लाहीमा १५देखि ६० बर्ष उमेर समूहका करिब दुई लाख तीन हजार तीन सय चार निरक्षर रहेको शिक्षा कार्यालयले जनाएको छ ।
अभियानलाई सफल बनाउन शिक्षा कार्यालय सर्लाहीले जिल्लामा रहेका सम्पुर्ण सम्पुर्ण सरकारी कर्मचारी, नागरिक समाज, शिक्षक, राजनीति दललगायतलाई साक्षरता विवरण बुझाउन अनुरोध गरेको छ । साथै नव साक्षरहरु साक्षर भएको विवरण नजिकको विधालयबाट प्रमाणित गराई २०७० असार मसान्त भित्र कार्यालयमा बुझाउन अनुरोध गरेको छ । कसैको घरमा केही पनि निरक्षर नहुन भन्ने उदेश्यले साक्षर सर्लाही अभियान सुरु गरेको शिक्षा कार्यालयका प्राविधिक सहायाक सुनिल कुमार कुशवाहाले बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !