ओखलढुङ्गाको रातमाटे गाविसमा खानेपानीको समस्या

http://sindhulidarpan.blogspot.com/2013/03/water.html
ओखलढुंगा,चैत १७ ।
ओखलढुंगाको रातमाटे गाविसमा खानेपानीको समस्या भएको छ । गाविरको वडा नम्वर ३, ४, ५ र सेर्नाको वडा नं १ मा खानेपानीको समस्या भएको हो । २०३८ सालमा युनिसेफले रातमाटे गाविस र सेर्नाको वडा नं १ मा खानेपानीको लागि सहयोग गरेको थियो । तर त्यसपछि राम्रोसंग मर्मत हुन नसक्दा दुई वर्षदेखि खानेपानीको समस्या भएको हो । गत वर्ष मर्मतको लागि गाविसबाट १ लाख ७९ हजार र रेडक्रसबाट २ लाख ५० हजार बराबरको आवश्यक सामग्रीहरु सहयोग भएको थियो ।
मर्मतपछि केहि महिना खानेपानी राम्रै संचालन भइरहेको थियो । नजिक खानेपानीको स्रोत नभएकै कारण गाउँलेहरुले घण्टौं लगाएर खोला, ढुंगेधारा चाहारेर खानेपानी ल्याउ बाध्य छन् । पानीेको मुहान सुक्दै गएकोले राती १२ र बिहान ३ बजेबाटनै लाइन लागेर पानी ल्याउनु पर्नै गाउँलेहरुको बाध्यता छ । जिल्ला खानेपानी कार्यालयमा पुनः निमाृणको लागि पटक –पटक माग गरिए पछि २ पटक सर्वे गरियो तर कामचाहिँ नभएको स्थानियबासिन्दाको गुनासो छ । एक घण्टा जंगलको बाटो भएर खोल्साको पानी साँझ र बिहान लिन जाँदा बाघको डर हुने स्थानीयबासिन्दा कुमारी विकले बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !