बौलाह कुकुरको आतंक

http://sindhulidarpan.blogspot.com/2013/03/angry-dog.html
अर्घाखाँची,चैत १५ ।
अर्धाखाँचीको धारापानी गाविस वडा नं ६ रातामाटामा बौलाहा कुकुरको आतंक बढेको छ । केही दिन यताबाट बौलाह कुकुरहरु गाउमा आई मान्छे र पशुचौपायाहरुलाई टोक्न थालेपछि स्थानीबासिन्दा त्रसित बनेका छन् । कुकुरले ९ वर्षका बालक विजय घर्तीमगर, २५ वर्षिय ईश्वरा भुसाल स्थानिय लोकमणि भुसालको लैनो भौसी, विष्णु भुसालको पाडो, नारायण प्रसाद भुसालको पाडी र चिन्तामणि भुसालको गाई लाई टोकेपछि स्थानियबासिन्दा चिन्तित बन्दै गएका छन् । जिल्ला पशु सेवा कार्यालयका डा नारायण घिमिरेले कुकुरले टोकीसकेका पशु चौपायाहरुलाई उपचार गर्न नसकिने भन्दै अरुलाई जोगाउनका लागि छिटो भन्दा छिटो रेविज विरुद्धको भ्याक्सीन एन्टी रेवीज भ्याक्सीन लगाउनु पर्ने बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !