वैशाख १ गतेसम्ममा कालो प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरिने


पोष्टराज पहाडी,
सिन्धुली,चैत १४ ।
सिन्धुलीको कमलामाई नगरपालिकाको बजार क्षेत्रलाई वैशाख १ गतेसम्ममा कालो प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरिने भएको छ । यसका लागि पहल सुरु गरिएको उद्योग वाणीज्य संघ सिन्धुलीले आज पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ । 

पछिल्लो समय वजार क्षेत्रमा कालो प्लाष्टिकको बढ्दो प्रयोगले सदरमुकामको वातावरणमा असर पर्दै गएकोले यस्तो अभियान सुरु गर्न लागिएको उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष सानुकाजी श्रेष्ठले सो पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

साथै उहाँले आगामी चैत मसान्तसम्म यसको प्रचार प्रसार गरी वैशाख १ गते कालो प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरिने उहाँको भनाइ छ । साथै पसलमा स्टक रहेको कालो प्लाष्टिकलाई चैत मसान्तसम्म नष्ट गर्ने पनि श्रेष्ठले वताउनुभयो ।

Related

स्थानिय 7568806291085128863

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item