जवरजस्ती रङ लगाएको भन्दै सिन्धुलीका दुईजनालाई प्रहरीमा वुझाईयो

http://sindhulidarpan.blogspot.com/2013/03/holi_3923.html
सिन्धुली,चैत १४ ।
जवरजस्ती रङ लगाई दिएको भन्दै दुधौलि ३ लखिमाका दुई जनालाई स्थानीयले प्रहरीको जिम्मा लगाएका छन । स्थानीय यज्ञबहादुर सुनुवारलाई जबरजस्ती रङ लगाईदिए पछि सुनुवार र रामशरण सादा र रमाअवतार सादा विच हातहाला हाल भएको स्थानीय प्रदिप देवकोटाले जानकारी दिनुभएको छ । हातहालाहाल पछि उनीहरुलाई गाउँलेले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाईएको देवकोटाले बताउनुभयो । देवकोटाको अनुसार होलि खेल्नेक्रममा अरुण ठाकुरका विष्णुबहादुर पौडेलको हडेर हात भाच्चिएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !