ढुंगा लागेर दुई जनाको मृत्यु,

प्रकाश सुन्दास, 
काभ्रे,चैत्र १४ ।

काभ्रेको अति विकट डाँडापारी क्षेत्रमा जोड्ने खोपासी–तालढुंगा सडक खन्ने क्रममा फलामेटार गाविस वडा नम्बर–५ फलाटे भन्ने स्थानमा हिजो साँझ माथिबाट खसेको ढुंगा लागेर सिन्धुापल्चोक जिल्ला घर भएका दुई जनाको घटनास्थलमै मृत्युभएको छ । मृत्यु हुनेमा किउल गाविस वडा नम्बर–५ का नारिल शेर्पा लामा र बाँसबारी गाविसका सुगम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 

ढुंगा लागेर डोजर अपरेटर मृतक सुगमका दाई विकास तामाङ घाइते हुनुभएको छ । हिजो साझ  नै घटना भए पनि प्रहरीको टोली आज बिहान मात्रै घटनास्थल पुगेको सडकका साइट म्यानेजर विष्णुहरि भण्डारीले जानकारी दिनुभयो । मृतक नारिल सडकका ठेकेदार हुन् । घटनास्थलमा सडक यातायातको पहुँच नभएका कारण हेलिकप्टरमार्फत शव र घाइतेको उद्धार गर्ने तयारी भइरहेको साइट म्यानेजर विष्णुहरि भण्डारीले बताउनुभयो ।

Related

विविध 5633201511354543519

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item