नेकपा–माओवादी कार्यकर्ताद्वारा लुटपाट



दैलेख, चैत्र १४  ।

 दैलेखमा मतदाता नामावली संकलनमा अवरोध पुराई लुटपाटमा संलग्न नेकपा–माओवादीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । चामुण्डा गाविसमा लुटमा संलग्न नेकपा–माओवादीका कार्यकर्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नेकपा–माओवादीका कार्यकर्ताले पार्टीको निर्देशन भन्दै मंगलबार निर्वाचन कार्यालयका कर्मचारीसँग रहेको ल्यापटप र डाटा केबुल लुटेर लगिदिएका थिए ।

नेकपा–माओवादीका स्थानीय कार्यकर्ता राजबहादुर शाही, प्रेम मलई र रत्न बहादुर विकलगायतको समूहले लुटपाट गरेको गाविस सचिव विष्णुप्रसाद रेग्मीले जानकारी दिए । सामान लुटपाट भएको सूचना पाउन साथ ईलाका प्रहरी कार्यालय दुल्लुबाट पुगेको प्रहरी टोलीले लुटपाटमा संलग्न एक जनालाई पक्राउ गरेर अनुसन्धन सुरु गरेको जनाएको छ । चामुण्डा गाविस सदरमुकामबाट झण्डै १९ कोष पश्चिमा पर्छ । नेकपा–माओवादीले निर्वाचन हुन नदिन मुलुक भरि अवरोध पुराउँदै आएको छ ।

Related

विविध 1029605111381768632

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item