जनयुद्ध फर्कन सक्छ है

http://sindhulidarpan.blogspot.com/2013/03/baidha.html
काठमाडौ चैत ३ ।
नेकपा माओबादीका अध्यक्ष मोहन बैद्यले २०५३ सालको जस्तै जनयुद्ध सुरुहुन सक्ने चेतावनी दिनुभएको छ । राजनीतिक अबस्था व्रिगदै गएकाले फेरी नेपालमा जनयुद्धको आबश्यकता हुने तर्क गर्नुभयो ।
राजधानीमा आज अखिल नेपाल संघले गरेको कार्याक्रममा अध्यक्ष बैद्यले अहिलेका ठूला भनिएका तीन दल र नेताहरुले देश र जनताका विरुद्ध षडयेन्त्र गरेको आरोप लगाउनुभयो । प्रधानन्यायाधीश नेतृत्वको अन्तरिम चुनावी परिषद गठनले नेपालमा पञ्चायत व्यवस्था फर्किएको भन्दै त्यसको सशक्त प्रतिकार गर्ने उल्लेख समेत गर्नुभयो ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानन्यायाधीश रेग्मीको नेतृत्वमा सरकार गठन गरेर दलहरुले लोकतन्त्र समाप्त गर्न खोजेको आरोप लगाउनु भएको छ । नेपाल वित्तिय संस्था कर्मचारी संघको सातौ जिल्ला अधिबेशनलाई संवोधन गर्दै कोइरालाले अहिलेको प्रक्रियाले देशकै अस्तित्व संकटमा पर्न लागेको टिप्पणी गर्नुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !