घरको छतबाट खसेर कतारमा एक नेपालीको मृत्यु

 काठमाडौं, चैत्र ४ ।

 घरको छतबाट खसेर कतारमा एक नेपाली युवकको मृत्यु भएको छ । कतारको एक कम्पनीमा काम गर्दै आएका खोटाङ टेम्मा–५ का २१ वर्षीया प्रदिप बस्नेतको अग्लो बिल्डिङको छतबाट खसेर ज्यान गएको हो । रोजगारीका सिलसिलामा सात महिनाअघि कतार पुगेका बस्नेतको बिल्डिङको दश तला माथिबाट खसेर हिजो ज्यान गएको बताईएको छ ।

 घटनास्थलमै ज्यान गएका बस्नेतको शव स्थानीय हमाद अस्पतालमा राखिएको छ । बस्नेतको शव नेपाल पठाउने तयारी भइरहेको कतारस्थित नेपाली दुतावासले जानकारी दिएको छ । मृतक बस्नेतको श्रीमती र तीन महिनाको छोरी छन् ।

Related

विविध 745773318349292791

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item