जनकपुर अन्चल स्तरिय कराँते प्रतियोगितामा सिन्धुली प्रथम

http://sindhulidarpan.blogspot.com/2013/03/blog-post.html
ध्रुवचन्द्र खड्का,
सिन्धुली,फागुन २० ।
धनुषाको भिमान धारापानिमा शनिवार सम्पन्न अन्चल स्तरिय सितोरियो कराँते प्रतियोगितामा कमलामाई डोजो सिन्धुली प्रथम भएको छ । प्रतियोगितामा कमलामाई डोजो सिन्धुलीका खेलाडिहरुले ९ स्वर्ण सहित ३ रजत र १ कास्य पदक प्राप्त गरेका छन् । प्रशिक्षक गोपी वम्जन र भागवतकाजी श्रेष्ठको नेतृत्वमा गएका खेलाडिहरुले जम्मा १३ पदक सहित प्रथम स्थान प्राप्त गर्न सफल भएका हुन् ।
प्रतियोगितामा चन्द्रज्योति बम्जनले ३, तिलगंगा वम्जनले २ तथा सुर्य वम्जन, गंगा पुर्कुटी, प्रमिला वम्जन र कुमार भुजेलले एक–एक स्वर्ण गरी जम्मा ९ स्वर्ण जितेका छन् । प्रतियोगितामा विजेता कमलामाई डोजो सिन्धुलीका खेलाडिहरुलाई केहि दिनपछि लुम्विनीमा हुने प्रतियोगितामा सहभागि गराइने कमलामाई डोजो सिन्धुलीका गोपि बम्जनले जानकारी दिनुभयो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !