टेलिफोन लाइन चोरी हुँदा रुद्राक्ष रेडियोको प्रशारण प्रभावित


 महोत्तरी,फागुन २० ।
नेपाल टेलिकम कार्यालय महोत्तरीदेखि जलेश्वरस्थित सिनेमा हल चोकको बीचमा एक महिना अघि तार चोरी भएपछि अवरुद्ध भएको रेडियो रुद्राक्षको टेलिफोन सेवा अवरुद्ध भएको छ । साथै त्यस आसपास क्षेत्रमा पनि टेलिफोन लाइन अहिलेसम्म सुचारु नहुँदा उपभोक्ता मारमा परेका छन् । लाइन अवरुद्ध भएकै कारण रेडियो रुद्राक्षका दैनिक कार्यक्रम र कार्यालयको कामसमेत प्रभावित भएको छ ।

 टेलिकमका निमित्त कार्यालय प्रमुख रामकिशोर ठाकुरले जिल्ला प्रशासन कार्यालयबाट सुरक्षाको प्रत्याभुति नभएसम्म लाईन जडान गर्न नसकिने बताउनुभयो । तर प्रमुख जिल्ला अधिकारीलाई यस बारेमा जानकारी जिज्ञासा राख्दा आफूलाई यसबारेमा कुनै जानकारी नभएको प्रतिक्रिया दिनुभयो । तर सुरक्षा आवश्यक परेमा भने दिन सकिने उहाँले बताउनुभयो ।

Related

विविध 1945760471680555761

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item