गाउँबाट जुवातास हटाउन बालबालिका सक्रिय


प्रकाश सुन्दास, 
काभ्रे,फागुन २० ।
गाँउमा जुवातासले विकृतिको रुप लिएपछि काभ्रेपलाञ्चोक जिल्लाको काभ्रे गाविस वडा नम्बर–६ बडाल गाउँका बालबालिकाहरु जुवातास नियन्त्रण अभियानमा जुटेका छन् । स्थानीय सरस्वती माध्यमिक विद्यालयमा पढ्ने २० जना बालबालिकाहरुले उषाकिरण बाल क्बल गठन गरेर गाउँमा जुवातास नियन्त्रण अभियान चलाएका हुन् ।

 विद्यालय पढ्ने उमेरका बालबालिकाहरु समेत अभिभावकहरुसँगै जुवातासमा लाग्न थालेपछि बालक्बलले चेतनामूलक सडक नाटक, बालबालिकाहरुलाई भेला गराई छलफल, अन्र्तक्रिया जस्ता गतिविधि चलाई रहेको उषाकिरण बाल क्बलका अध्यक्ष श्रीराम चौलागाईले जानकारी दिनुभयो । विद्यालयका शिक्षकहरु समेत विद्यार्थीकै अगाडि जुवातासमा व्यस्त हुने गरेको अभिभाकले बताएका छन् ।

Related

विविध 5361082658272190828

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item