सिन्धुलीमा चट्याङ लागेर २ जनाको मृत्यु

ध्रुबचन्द्र खड्का, 
सिन्धुली, चैत्र ८ ।
आज दिउँसो परेको चट्याङ् लागेर सिन्धुलीको नेत्रकाली गाविसमा एकै परिवारका दुई जनाको ज्यान गएको छ  भने १० जना भन्दा वढि घाइते भएका छन् । दिउँसो करिव ३ बजेतिर परेको चट्याङ् लागेर स्थानिय वडा नं. ५ बेलवोट निवासी विष्णुमाया लो र वुद्धिमाया लोको ज्यान गएको हो ।

स्थानियले घाइतेहरुको उद्धार गरिरहेको र स्थानिय मेडिकलमा उपचार भैरहेको स्थानिय शंखवुद्ध मोक्तानले जानकारी दिनुभएको छ ।  शान्तेस्वरि गाविसवाट प्रहरी टोलि घटना स्थलमा पुगिसकेको वताइएको छ । घटना वारे थप जानकारी आउन वाँकी रहेको छ । घाइतेको संख्या यकिन नरहेको वताइएको छ ।

Related

स्थानिय 2878714583493708346

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item