चुनाव असारमा नभए मंसिरमा पक्का : महतो

http://sindhulidarpan.blogspot.com/2013/03/election_21.html
रौतहट,चैत ८ ।
नेपाल सद्भावना पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री राजेन्द्र महतोले असार ७ गते संविधानसभा चुनाव नभए मंसिर मसान्तमा हुने सहमति भएको दावी गर्नुभएको छ । रौतहटको गौरमा आज बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले देशमा संविधानसभा दोश्रो पटक आवश्यक भएकाले अहिलेको चुनावी मन्त्रीपरिषद गठन भएको बताउनुभयो ।
विभिन्न कारणले असारमा चुनाव हुन नसके पनि मंसिरमा चुनाव हुन सक्ने गरी सहमति भएको उहाँको दावी छ । मुख्य तीन दलको नालायकीपनका कारण कर्मचारीलाई बोलाएर देशको जिम्मेवारी दिनुपरेको उहाँको भनाइ छ । मतदाता नामावलीमा भएको विवाद, विदेशी हस्तक्षेप तथा असारमा पानी पर्ने कारणले पनि चुनाव हुनेमा उहाँले आशंका व्यक्त गर्नुभयो । प्रमुख तीन दलको झगडाका कारण अन्तरिम मन्त्रिपरिषद्को गठन भएको महतोले प्रष्ट पार्नुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !