असिना र चट्याङ्ग लागेर ४ जना वेहोस


कास्की,चैत ८ ।
कास्कीको सिल्दुजुरे गाविसको तप्राङ्गमा आज विहान पानीसँगै परेको असिना र चट्याङ्ग लागेर ४ जना वेहास भएका छन् । आज बिहान करिब ६ बजेदेखि ९ बजेसम्म परेको असिना पानीले तप्राङ्गका स्थानियवासी ४५ वर्षिय सुर्य मगर र २५ वर्षिय कमल मगर, २२ वर्षिय शोभे कामी र उहाँको ५ वर्षिय छोरा सरोज कामी वेहोस हुनुभएको थियो । वेहोस चारै जनाको स्थािनय स्वास्थ्य चौकीमा उपचार पछि अवस्था सामान्य भएको छ । त्यस्तै चट्याङ्ग लागेर २ हल गोरु मरेका छन् भने चट्याङ्ग पर्दा लागेको आगोले ३ वटा बाख्रा जलेर नष्ट भएका छन् । विहानै देखि परेको असिना पानीले लगाएको खेतीबाली नष्ट भएका छन् भने करिब १ लाख देखि २ लाख बराबरको धनमालको क्षेति भएको छ । त्यस्तै अहिले तप्राङ्गमा १२ देखि १५ सिएम हिउँ परेकाले जनजीवन कष्टकर बनेको त्यहाँबाट स्थानियवासी लक्ष्मण ढुङ्गानाले जानकारी दिनुभएको छ ।

Related

विविध 8420685820773895417

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item