धनुषाधाम तनावपूर्ण, आधा दर्जन घर जल्यो, आगलागी अझै अनियन्त्रित


 जनकपुर,चैत ८ ।
मिथिला माध्यमिकी परिक्रमामा सहभागी साधुसन्तहरु धनुषाधाममा विश्राम गरिरहँदा त्यहाँको माहोल तनावपूर्ण हुनुका साथै आधा दर्जन भन्दा बढी घर जलेर नष्ट भएको छ । आगलागी केहीबेर अघिसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । एउटा मात्र बारुण यन्त्रलाई आगो निभाउन समस्या भैरहेको छ ।

परिक्रमामा सहभागी एक साधु नजिकैको एक घरबाट ईटा लिन गएको बेला घरधनीले आक्रमण गरेपछि साधुसन्तहरुको एक समूहले त्यो  घरमा आगो लगाएको जनाइएको छ । प्रहरी, स्थानीयबासिन्दा र बारुण यन्त्र आगो निभाउने प्रयास गरिरहेका छन् । घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको छ ।

Related

विविध 2904241312805282967

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item