चिट चोर्न नदिएको भन्दै चक्काजाम


  रौतहट,चैत ८ ।
प्रवेशिका परीक्षाअन्तर्गत ऐच्छिक प्रथम बिषयको आज भएको परीक्षामा अमर्यादित गतिविधि गर्ने रौतहट जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट तीन जना निरीक्षक र १० जना विद्यार्थी निष्काशित भएका छन् । परीक्षा समन्वय समिति रौतहटबाट गएको अनुगमन टोलीले झुन्खुन्वा परीक्षा केन्द्रबाट एकजना र कटहरिया केन्द्रबाट दुईजना गरी तीनजना निरीक्षकलाई अमर्यादित गतिबिधि गरेको भन्दै गरिएको छ । 

आजको परीक्षामा चारसय ४२ जना परीक्षार्थी अनुपस्थित भएका छन । यसैबीच, परीक्षामा प्रहरीले ज्यादती गरेको भन्दै केही अभिभावकहरुले गौर–चन्द्रनिगाहपुर सडक खण्डको शुकदेव चौकमा केहीबेर चक्काजामसमेत गरेका थिए ।

Related

विविध 6205590896788208282

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item