बलिउड अभिनेता सञ्जय दत्तलाई ५ वर्षको जेल सजाय

http://sindhulidarpan.blogspot.com/2013/03/bollyhoow.html
एजेन्सी, चैत ८ ।
भारतका चर्चित अभिनेता सञ्जय दत्तलाई ५ बर्षको जेल सजाय सुनाइएको छ । आज भारतको सर्वोच्च अदालतले सन् १९९३ मा मुम्बइमा भएको बम बिष्फोटमा सहयोग गरेको र गैरकानुनीरूपमा आफूसँग हतियार राखेको अभियोगमा दत्तलाई ५ बर्षको जेल सजाय सुनाएको हो । सञ्जयले यसअघि नै १८ महिना जेल सजाय काटिसकेकाले अब उनले करिव साढे ३ बर्षमात्र जेलमा बस्नु पर्ने छ । यसअघि दत्तलाई हतियार ऐन अनुशार ६ वर्षको जेल सजायको फैसला भएको थियो तर उनले उक्त फैसलाको विरुद्धमा सर्वोच्चमा अपील गरेका थिए ।
यस्तै सन् १९९३ मा मुम्बइमा भएको बम बिष्फोटको आरोपमा याकूब मेननलाई मृत्युदण्डको सजाय सुनाइएको छ । विष्फोट गराउन आर्थिक श्रोत जुटाएको तथा विष्फोटको योजना बनाउन सहयोग गरेको मेननलाई आरोप छ । यस अघि सोही विष्फोटका १७ जना दोषीलाई भने अदालतले जन्मकैदको सजाय सुनाइसकेको छ । सन् १९९३ मार्च १२ मा मुम्वइमा भएको श्रृङ्खलावद्ध विष्फोटमा परी २ सय ५७ जनाको मृत्यु भएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !