सिन्धुलीको खुर्कोटमा पुल निर्माण हुने

http://sindhulidarpan.blogspot.com/2013/03/bridge_28.html
पोष्टराज पहाडी,
सिन्धुली,चैत १५ ।
सिन्धुलीको खुर्कोट पुलको काम अगाडी बढ्ने भएको छ । सिन्धुली र रामेछापलाई जोड्ने एक सय एक मिटर लामो पुलबीचको पिलरको जग १४ मिटरसम्म लानुपर्नेमा बीचमा अड्किएपछि दुई वर्षदेखि निर्माणमा बाधा परेको थियो । डिजाइनमा समस्या देखिएपछि निर्माण रोकिएको खुर्कोट पुलको नक्सा परिवर्तन गरेर निर्माणलाई तीव्रता दिन आयोजना जुटेको छ ।

ठेकेदारले वेल डिजाइन परिवर्तन नगरे ठेक्का छोड्ने मनस्थिति बनाइसकेको अवस्थामा प्राविधिकले यसलाई परिवर्तन गरी काममा तीव्रता दिएका हुन् । एसियाली विकास बैंकको अनुदान सहयोगमा निर्माणाधीन पुल बीचको पिलर १२ मिटर धसिएको छ । बाँकी २ मिटर भागलाई बेलको साटो पाइलिङ गरेर निमाण सक्ने टुंगोमा पुगेको डिभिजन सडक कार्यालय दोलखा प्रमुख अयोध्याप्रसाद श्रेष्ठले बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !