चितवनमा बाघ गणनामा प्रयोग गरिएको क्यामरा चोरी


  चितवन,चैत ७ । 
चितवनको सामुदायिक वनमा बाघ गणनाका लागि राखिएको अत्याधुनिक क्यामरा तस्करले चोरेका छन् । तस्करले केही क्यामरामा भने तोडफोड गरेको जिल्ला वन कार्यालयका जिल्ला वन अधिकृत इन्द्रप्रसाद सापकोटाले जानकारी दिनुभयो । फागुन एक गतेबाट सुरु गरिएको वाघ गणनाको लागि चितवन राष्ट्रिय निकुञ्जले १ सय ६० वटा अत्याधुनिक क्यामरा निकुञ्जर र यस आसपासका सामुदायिक वनमा राखेको थियो । सामुदायिक वनमा राखिएका क्यामरामध्ये चार वटा क्यामरा तस्करले तोडफोड गरेका छन् ।  एउटा क्यामरा नै चोरी भएको, एउटाको मेमोरी कार्ड झिकेर तस्करले लगेको र २ वटा तोडफोड गरिएको जिल्ला वन अधिकृत इन्द्रप्रसाद सापकोटाले बताउनुभयो । जिल्लाको वनको पूर्वी क्षेत्र अन्तर्गत पदमपुरको भिमवली सामुदायिक वन र गर्दास क्षेत्रमा राखिएको क्यामरा हराएको हो । चितवनमा निकुञ्जलाई विभिन्न क्षेत्र छुट्टायाएर गणना थालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत फडिन्द्र खरेलले जानकारी दिनुभयो । पश्चिम क्षेत्र अन्र्तगत त्रिवेणी क्षेत्रबाट पहिलो गणना कार्यथालिएको थिया । सन २०२२ मा बाघको संख्या दोब्बर बनाउने नीति अनुसार विश्वमा बाघ संरक्षणका नयाँ कार्यक्रमहरु अख्तीयार सरकारले गरेको छ । नेपालमा पनि वाघको वासस्थान विनाश भैरहेको र आहारा प्रजाती पनि क्रमिक रुपमा घटदै गएकाले सन २०२२ सम्ममा वाघको संख्या दोव्बर बनाउने लक्ष्य चुनौतीपुर्ण देखिएको छ । नेपालमा पछिल्लो गणना अनुसार १ सय ५५ वटा पाटेवाघ रहेकोमा सबैभन्दा बढी १ सय २५ वटा चितवन निकुञ्जमा रहेका छन्  ।

Related

राष्ट्रिय 5565652401346084744

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item