तीन जना मृत फेला

http://sindhulidarpan.blogspot.com/2013/03/death_1051.html
डोटी,चैत ७ ।
कैलालीमा आज तीनजना मृत फेला परेको प्रहरीले जनाएको छ । कैलालीको मालाखेती गाविस ७ तेघरीमा बझाङ दहबगर घर १९ वर्षिय जनक धामी मृत फेला पर्नुभएको हो । धामी आज बिहान आफ्नै कोठामा मृत फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक किसनानन्द भट्टले बताउनुभयो । धामीका साथी लालबहादुर धामीका अनुसार राती एक्कासी पेट दुख्यो भनी सुतेका धामी बिहान मृत भेटिनु भएको हो ।
मृतक धामीको शव पोष्टमार्टमका लागि धनगढीको सेती अंचल अस्पतालमा पठाइएको र घटनाको अनुसन्धान भईरहेको प्रहरी निरीक्षक भट्टले बताउनुभयो । दुर्गालक्ष्मी उच्च माविमा कक्षा १२ मा अध्ययनरत धामी आफन्त प्रेमसिंह धामीका घरमा बस्दै आउनुभएको थियो । यस्तै कैलालीको उर्मा ६ कनरीमा दुई जना मृत फेला परेका छन् । कनरीमा रहेको शिव दर्शन सामुदायिक वनभित्र रुखमा झुण्डिएको अवस्थामा एक युवक र एक युवतीको शव भेटिएको हो । घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !