पशुसेवा कार्यालय सिन्धुलीका सेवाग्राहीहरु मारमा

http://sindhulidarpan.blogspot.com/2013/03/sindhuli_20.html
नविनबाबु अधिकारी,
सिन्धुली,चैत ७ ।
जिल्ला पशु सेवा कार्यालय सिन्धुलीमा गाई भैंसीलगायतका पशुहरुको गोबर जाँच समयमा गर्न नपाउदा सेवाग्रहीहरु मारमा परेका छन् । सिन्धुलीका ग्रामिण भेगबाट आएका सेवाग्राहीहरुको काम समयमानै कर्मचारीहरुले नगरि दिदा आफूहरु समस्यामा परेको उनीहरुले गुनासो गरेका छन् । साँढे १० बजे कार्यलय आईपुगेको भएपनि कार्यालय बन्द हुदाँसम्म पनि गोबर चेक जाँच नभएको डाडीगुराँसेका मंगलवहादुर मगरले गुनासो गर्नुभयो । कार्यालयका कर्मचारीहरुले विद्युत आएपछि मात्र गोबर चेकजाँच गरिदिने भनेर आफू दिनभरी बस्दा पनि गोवर जाँच नभएको मगरको भनाई छ । कार्यलयमा विद्युतको सट्टा वैकल्पिक व्यवस्था हुनुपर्ने सेवाग्राही जलकन्या गाविसका शिव चौलईले बताउनुभयो ।
यसरी संवन्धित निकायले चासो नदिदा सेवाग्रहीहरु दिन–दिनै मारमा पर्दै आएका छन् । पहिला विद्युत नहुँदा समयमानै सेवा सुविधा पाएका सेवाग्राहीले अहिले विद्युतको समस्याले गर्दा काम गर्न नसकिएको कर्मचारीहरुको भनाइ छ । यस विषयमा निमित्त कार्यालय प्रमुख टंंक श्रेष्ठले कार्यलयले विद्युतको सट्टा वैकल्पििक व्यवस्था गर्नु पर्ने भए पनि हाल सम्म नगरेकाले समस्या भएको बताउनुभयो । पहिला–पहिला सौर्य वा घामको प्रकासको बाट गोबर जाँच गर्ने माइक्रोस्कोप लगाएत अन्य औजार विग्रिएको निमित्त श्रेष्ठको भनाई छ । विद्युतको बैकल्पिक ब्यवस्था र पुराने प्रविधिका औजारहरु मर्मत तथा नयाँ खरिदको गरिनु पर्ने भएपनि यस विषयमा आफु अनविज्ञ रहेको निमित्त श्रेष्ठले बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !