परीक्षा दिन गएकी एक छात्रालाई कुटपिट

http://sindhulidarpan.blogspot.com/2013/03/student_20.html
सप्तरी,चैत ७ ।
सप्तरीमा परीक्षा दिन गएकी एक छात्रालाई कुटपिट गरिएको छ । सप्तरीको मैना कडेरी माविबाट परीक्षामा सहभागी निलु कुमारी झालाई उच्च मावि डिमन केन्द्रमा कुटपिट भएको हो । झालाई महिला प्रहरीले कुटेको आरोप छ । महिला प्रहरीले परीक्षा हलमा जानु अघि जीउ खानतलास गर्ने क्रममा निलुको जीउबाट एउटा गेसपेपर फेला पारेको र दोस्रो गेसपेपर समेत महिला प्रहरीले लिए पछि आफूलाई कुटपीट गरेको पीडित छात्रा झाको आरोप छ ।
चुल्ठोमा समातेर साथीहरुकै सामुन्नेमा गालामा चार–पाँच थप्पड हानेको झाले बताउनुभयो । प्रहरीले झालाई कुटेपछि आक्रोसित विद्यार्थीहरुले आजको परीक्षा नै बहिष्कार गर्ने भन्दै बिरोध जनाएका थिए । अभिभावक समेत जम्मा भएर छात्रामाथि कुटपिट गर्ने राजविराजको सगरमाथा अञ्चल प्रहरी कार्यालयमा कार्यरत महिला प्रहरी निर्मला चौधरीलाई कार्वाही हुनुपर्ने माग गर्दै नाराबाजी र होहल्ला समेत गरेका थिए । त्यसको लगत्तै सदरमुकामबाट प्रहरी निरिक्षक नन्दलाल साह नेतृत्वको टोली र स्थानीय बेस क्याम्पबाट खटिएको सशस्त्र र नेपाल प्रहरीको संयुक्त पहलमा दश मिनेट ढिलो गरी परीक्षा सञ्चालन भएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !