रामेछापमा उत्पदित कृषिजन्य तथा पशुजन्य वस्तुहरुको खरिद बिक्री स्थानिय ठाउँमै

http://sindhulidarpan.blogspot.com/2013/03/ramechhap.html
रामेछाप,चैत ७ ।
रामेछापको गोठ गाउँ गाविस वडा नम्वर ४ को प्रयत्न कृषि सहकारी संस्थाले साप्ताहीक रुपमा कृषिसँग सम्वन्धित सामग्री विक्रीका लागि सुचि राख्ने गरेको छ । बिभिन्न स्थानिय स्तरका बस्तुहरुको खरिद विक्रीमा सुबिधा दिने उदेश्यले कृषिजन्य , पशुजन्य बस्तुहरुको सुची प्रकाशित गर्ने गरेको छ । प्रत्येक आइतबार यसको सुची प्रकाशन गरी सुचना बोर्डमा टाँस गर्ने गरेको सहकारीका सल्लाहाकार तोप बहादुर थापाले जानकारी दिनुभयो । ११ सदस्य रहेको यो संस्थाले फागुन २५ गतेदेखि स्थानियलाई खरिद विक्री एकै ठाउँमा गर्न मिल्ने अवसरको प्रदान सुरु गरेको हो ।
यस संस्था मार्फत स्थानिय स्तरमा उत्पादित कृषि उपजहरु सुकेको घांस दाउरा, अन्नपात, तरकारीहरु खुर्सानी लगायत पशुपछिंमा बाख्रापाठा, हाँस कुखुरा , त्यसैगरी, गाई गोरु, रागाँ भैंसी , सुङ्गुर बुङ्गुरलगायतकाको आवस्यक्ता र विक्रीकोबारे जानकारी दिने गरिएको छ । साथै जग्गाजमिनको खरिद र बिक्रीबारे सुचना निकालिने गरीएको छ । स्थानियले आफुसंग बिक्रिमा भएको र आबस्यक्ताका बस्तुलाई सहकारीसम्म पुगेर नाम दर्ता गराउन सक्ने वा टेलीफोन मार्फत पनि जानकारी गराउन सक्ने ब्यबस्था गरेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !