सिन्धुलीको खुर्कोट बजार सहरीकरणतर्फ

http://sindhulidarpan.blogspot.com/2013/03/city-map.html
ध्रुवचन्द्र खड्का,
सिन्धुली,फागुन १८ ।
सिन्धुलीको भिमेस्वर गाविस स्थीत खुर्काट बजार सहरीकरणतर्फ लम्किन थालेको छ । केहि समय अघि सम्म विकास र सुविधाका दृष्टिकोणले निकै पछि परेको खुर्कोट यतिखेर व्यापारिक केन्द्रमा परिवर्तन हुने अवस्थामा पुगेको छ । विपी राजमार्गले छोएको खुर्कोट क्षेत्र सहरीकरणका हिसावले अहिले सवैको केन्द्रविन्दु वनेको छ । त्यसो त मध्य पहाडि लोकमार्गले छोएका नेपालका १० स्थानलाई सिटी शहरको रुपमा विकास गर्ने सरकारी नीति अनुरुप छनौटमा पर्न सफल भएको खुर्कोट बजार यतिखेर राष्ट्रिय रुपमै चासोको विषय वनेको छ ।

नेपाल सरकारको सहयोगमा निर्माणाधिन मध्य पहाडि लोकमार्ग र जापान सरकारको सहयोगमा सन्चालन भैरहेको विपी राजमार्गले छोएको खुर्काेट बजारमा विकास र उन्नतिको राम्रो संभावना रहेको सवैको वुझाइ छ । विकास र उन्नतिको संभावना वढ्दै गएपछि र राष्ट्रिय योजना अनुरुप सिटी सहरको रुपमा विकास गर्ने भएपछि त्यहाँका स्थानिय यतिखेर निकै हर्षित भएका छन् । खुर्कोट बजारलाई सिटी सहरका रुपमा विकास गरिएपछि छिमेकी जिल्ला रामेछाप, वखलढुंगा लगायतका अन्य जिल्लाहरुमा समेत राम्रो प्रभाव पार्न सकिने खुर्कोटवासिको अपेक्षा छ । अहिले त्यस क्षेत्रमा जग्गाको मुल्य पनि ह्वात्तै बढेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !