नागरिक समाजको विरोध सभा


काठमाण्डौ,फागुन १९ ।
प्रधानन्यायाधीश नेतृत्वमा चुनावी सरकार गठन गर्ने दलहरुको सहमतिको विरोधमा आज नागरिक समाजले राजधानीमा विरोधसभा गर्ने भएको छ । विभिन्न क्षेत्रका नागरिक अगुवाहरू आवद्ध “राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायका लागि नागरिक अभियान” ले गैरसंवैधानिक रूपमा प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउने कदम गलत भएको भन्दै सभा गर्न लागेको हो ।

अभियानले हिजो राष्ट्रपति कार्यालयमा प्रधानन्यायाधीश नेतृत्वमा सरकार बनाउन नहुने भन्दै अपिलपत्र पनि बुझाएको छ । अपिलमा दलहरूले अगाडि बढाएको प्रक्रियालाई समर्थन नगर्न अन्तर्राष्ट्रिय समुदायलाई पनि आग्रह गरिएको छ । लोकतान्त्रिक मूल्य र मान्यतालाई गम्भीर आघात पु¥याउने दलहरूको सहमतिलाई कुनै पनि हिसाबले समर्थन गर्न नसकिने अभियानको तर्क छ ।

Related

राष्ट्रिय 8290721500420774372

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item