बेलायतमा पक्राउ परेका कुमार लामा धरौटीमा रिहा हुने


काठमाण्डौ,फागुन १९ ।
युद्ध अपराध अभियोगमा झन्डै दुई महिनादेखि लन्डनको बेलमार्स कारागारमा राखिएका कर्णेल कुमार लामालाई १० हजार पाउण्ड धरौटीमा रिहा गरिने भएको छ । जमानत आवेदनमा सुनुवाई हुँदा लामालाई धरौटीमा रिहा गर्ने आदेश दिइएको छ ।

 उहाँ अब तीन दिनभित्र रिहा हुने नेपाली राजदूत डा.सुरेशचन्द्र चालिसेले जानकारी दिनुभएको छ । यसअघि जमानतमा छाड्न दिइएको निवेदन अदालतले अस्वीकार गरेको थियो । धरौटीमा रिहा भए पनि उहाँले अहिले बेलायत छाड्न नपाउने भएको छ । अदालतले चाहेको बेला हाजिर हुनुपर्ने बताइएको छ । लामा धरौटीमा रिहा हुने खबरले उहाँको परिवारमा खुसीयाली छाएको छ ।

Related

विविध 1533960847901509424

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item