सिन्धुलीको एक माविमा पुस्तकालयको स्थापना


नविनबाबु अधिकारी,
 सिन्धुली,फागुन १९ ।
सिन्धुलीको पुरानो झागाझोलीमा रहेको गणेश उच्च माध्यमिक विद्यालयले विद्यार्थीहरूलाई  लक्षित गर्दै पुस्तकालय स्थापना गरेको छ । विद्यार्थीहरुमा किताबको ज्ञानसँगै अन्य क्षेत्रको ज्ञान हासिल गर्न सकुन भन्ने उद्देश्यले पुस्तकालयको स्थापना गरिएको  विद्यालय व्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष बोध विक्रम थापाले बताउनुभयो ।

 पुस्तकालय संञ्चालन गर्न प्लान नेपालको ५० हजार बराबरको आर्थिक सहयोगमा बालबालिकासँग संम्वन्धित २ सय ६७ वटा पुस्तक राखिएको छ । पुस्तकालय स्थापना भएसँगै विद्यालयमा पढ्ने बालबालिका कक्षाकोठामा पढाई हुने विषयभन्दा फरक आफूलाई मन पर्ने कथा, उपन्यास, चुट्किला, सामान्य ज्ञान आदि पढ्न पाइने भएकोमा खुसीसमेत भएको विद्यालयका शिक्षक भरत लोप्चनले बताउनुभयो ।

Related

स्थानिय 4006517682540921933

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item