सडकमा नाङ्गो तरबार लिएर हिड्ने सर्लाहीका एक युवक पक्राउ


रुपबहादुर विश्वकर्मा,   
हरिवन,फागुन १९ ।
सडकमा नाङ्गो तरबार लिएर हिडेका आरोपमा प्रहरीले सर्लाहीको लालबन्दीबाट आज बिहान एक युवकलाई पक्राउ गरेको छ । लालबन्दी प्रहरी चौकीका प्रहरी नायब निरीक्षक सन्तोष पण्डितका अनुसार सिन्धुलीको कल्पवृक्ष घर भई हाल लालबन्दीमा बस्ने गरेका कुमार मोक्तानलाई तरबार सहित पक्राउ गरिएको हो । 

करिब १७ वर्षका मोक्तानलाई  तरबार लिएर हिडिरहेको अवस्थामा नियन्त्रणमा लिईएको उहाँले बताउनुभयो । मोक्तानले त्यसरी तरबार लिएर किन हिडे भन्ने खुली नसकेको र घटनाबारे बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Related

विविध 6996037326428191356

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item